सतयुगमा वसिष्ठ गोत्र मा जन्मिएका सुमन्त नामक ब्राह्मण थिए। उनले भृगुपुत्री अति राम्रो दिशा नामकी कन्यासित वेदमा बताइएका विधिले विवाह गरे। केही समय पछि तिनकी सकल लक्षणले युक्त कन्या जन्मिन् – शिला नामकी सुशीलता बाबुको घरमा बढ्न लागिन्। शिलाकी आमा दिशाको केही दिन पछि ज्वरोको बिमारले देह त्याग भयो। बाबु सुमन्तले अर्की श्रीमती, कर्कशा नाम भएकी शील स्वभाव हिन भएकीसित विवाह गरे। शिला भने अत्यन्त राम्रो स्वभाव र घरको श्रृंगार, पूजा आजाको काममा लागेकी थिइन्। यस्तै किसिमले धेरै समय बितेपछि शिला कुमारि अवस्था पुगिन् र बाबु सुमन्त चिन्ता गर्न लागे – अब छोरी कसलाई दिनु भनेर। यसै समयमा वेद जान्नेहरूलाई अति श्रेष्ठ मुनिहरुमा अति सज्जन तथा लायक कौण्डिन्य नामका मुनि कन्यार्थी भएर त्यहाँ आए। बाबु सुमन्तले पनि शुभ साइतको दिनमा ब्राह्मण श्रेष्ठ कौण्डिन्य मुनि सित छोरी शिला को विवाह गरी दिए। यस प्रकार यो पवित्र सम्बन्ध स्थापित भयो।
हाम्रा पूर्वज
यस पौराणिक कथाबाट हामी सिक्छौं कि सतीत्व, धर्म र ऋषि परम्पराको महिमा अनुपम छ। शीलाले आफ्नो कर्तव्य पालन गरेर, पूजा आजा गरेर, पितृभक्ति देखाएर अन्ततः महर्षि कौण्डिन्य जस्ता पति पाइन्। यो वंश आज पनि हामीहरूमा विद्यमान छ।